सक्रिय संक्रमित २५ हजार पुगे फेरि लकडाउन, उद्योग पनि बन्द हुने

  २०७७ असोज ७ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपालमा सक्रिय काेराेना संक्रमितको संख्या २५ हजार नाघे फेरि बन्दाबन्दी हुने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको ईन्सिडेन्ट कमान्ड सिस्टमले संक्रिय संक्रतिमको संख्या २५ हजार नाघेको अवस्थामा फेरि बन्दाबन्दी गर्ने सुझाव दिने निर्णय गरेकाे हो ।

मन्त्रालयमा आज बिहान बसेको बैठकले यस्तो सुझाव दिने निर्णय गरेको बताइएकाे छ । हाल नेपालमा संक्रिय काेराेना संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

यस्तै, साे बैठकले स्वास्थ्य सुरक्षा नअपनाउने कलकारखाना तथा उद्याेगहरु एक महिनाकाे लागि बन्द गर्नु पर्ने सुझाव दिने पनि निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.