सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई दियो साढे २ लाख रुपैयाँ

  २०७७ असोज ६ गते १८:०१     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई २ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई आर्थिक सहयोग गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने बैंकको विश्वास छ ।

यसैगरी बैंकले आफ्ना ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.