के तपाईंको इन्टरनेट स्लो भयो ? कारण यस्तो पनि हुनसक्छ

  २०७७ असोज ६ गते १७:३२     विकासन्युज

काठमाडौ । के तपाईलाई बेला बेलामा घर या कार्यालयको इन्टरनेट स्लो भयो भन्ने लाग्दैन ? यो प्रश्नहरुको सबैबाट एउटै जवाफ आउँने गर्छ, अवश्य लाग्छ ।

यसरी इन्टरनेट स्लो हुुनुमा कारण विभिन्न हुन सक्छन् । तर तपाईले २ वटा वाइफाइ नजिकै राख्नु भएको छ भने त्यसले इन्टरनेट स्लो बनाउँने जानकारहरुले बताएका छन् ।

हामीले घरमा होस् या कार्यालयमा, वाइफाईको सिग्नल अन गर्दा त्यसले अरु विभिन्न नामका वाइफाइका कि–कोड, नामहरु देख्न सक्छौं । त्यसरी नाम देखिदा वाइफाइमा त्यसले प्रत्यक्ष असर पार्छ । अब आफ्नो वाइफाइ चलाउदा अरु छिमेकीहरुको वाइफाइ नै नदेखिने त नबनाउँ सकिदैन, तर यस्को लागि पनि केही विधिहरु छन् ।

विगतका दिनहरुमा वाइफाइको पासवर्ड हाइड नगर्दा नेट स्लो हुने गरको जानकारहरुले बताएका छन् । त्यसरी हाइड नगरी अरुले छिमेकीले पनि आफ्नो वाइफाइ नै प्रयोग गर्दा नेट स्लो हुने गथ्र्यो । तर अहिले घर वा कार्यालयमा वाइफाइ राख्दा अरुले चलाउलान कि भन्ने छैन । किनभने अहिले जो कोहीले पनि वाइफाइ राख्दा त्यसलाई हाइड गर्नु सामान्य हो ।

तर एक ठाउँबाट मात्र इन्टरनेट चल्नु र धेरै ठाउँबाट चल्नुले चाही स्पिडमा असर पुर्याउछ । थोरै ठाउँबाट चल्दा इन्टरनेटको स्पिीड बढी हुन्छ भने धेरै ठाउँबाट चल्दा इन्टरनेटको स्पिड कम हुन्छ ।

यस्तो छ नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर, अजय कुमार कँडेलको सुझावः

वाइफाइमा च्यानल हुन्छ । उक्त च्यानल २.४ मेगाहर्जमा ११ वटा हुन्छ ।

च्यानल एक अर्कामा जुध्दा त्यसले दुबैको काम गर्ने क्षमतामा बाधा पुर्याउने गर्छ । त्यसलाई प्राविधिकहरुले इन्टरफेयरेन्स भन्छन् । वाइफाइ वाइफाइकै इन्टरफेयरेन्स हुँदा त्यसको गति तथा क्षमतामा घट्न पुग्छ । सोही इन्टरफेयरेन्सका कारण वाइफाइ स्लो हुन्छ ।

अटो अप्सन सहयोगी

वाइफाइमा अटो अप्सन भन्ने हुन्छ । त्यो अटो अप्सनमा वाइफाइ राख्दा इन्टरनेटको गति कम हुन दिदैन । अटो अप्सन वाइफाइ फास्ट बनाउँन सहयोगी हुन्छ ।

च्यानलहरु एक अर्कामा ओभरल्याप हुनु राम्रो होइन । अटो अप्सनले च्यानल ओभरल्याप हुन लागेमा त्यसलाई रोक्ने गर्छ ।

अरुको वाइफाइको सिग्नल हाम्रो घरमा पनि टिपिरहेको देख्छौं । त्यसरी टिप्नु राम्रो होइन । त्यसले नै नेटमा असर गरिरहेको हुन्छ । तर त्यसलाई अटो कन्ट्रोलमा राख्न सकिन्छ भने अर्को तर्फ ग्राहकहरुले समेत सामान्य ढंगले त्यसलाई मिलाउन सक्छन् ।

च्यानलमा ५ मेगाहर्जको फरक राख्दा इन्टरनेट स्लो हुदैन । राउटरबाटै मेगाहर्जको फरक राख्न मिल्ने भएकाले सर्वसाधारण आफैले समेत यसको प्रयोग गर्न मिल्छ । पुराना राउटरमा मेगाहर्ज अटो चल्छ भने नयाँमा त्यसको सेटिङ्ग मिलाएर लाभ लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.