अब १० लाख डाउन पेमेन्टमै किन्न सकिन्छ डिएफएसकेकाे एसयूभी, ४ लाखसम्म नगद छुट

  २०७७ असोज ६ गते १३:०६     विकासन्युज

काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले दशैं र तिहारलाई लक्षित गर्दै विशेष याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत ग्राहकले प्रिमियम एसयूभीमा ४ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

डिएफएसकेको कुनैपनि मोडलको खरिदमा याे अफर लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले हाल ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएकाे छ ।

तत्काल डाउन पेमेन्ट नहुने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लान सक्ने अफर पनि दिएकाे छ । यसकाे अर्थ ग्राहकले १० लाख रुपैयाँ तिरेर गाडी घर लान सक्नेछन् ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ ।

यी मध्ये कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्न सक्नेछन् ।
साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्नेछन् ।

पुराना गाडी लिएर एक्सचेन्जमा आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको बाेनस र २०७७/७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ ।

हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.