टिभिएसकाे दशैँ याेजना: हरेक हप्ता एक जनाले माेटरसाइकल जित्ने

  २०७७ असोज ६ गते १२:४२     विकासन्युज


काठमाडाैं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ अफर ल्याएकाे छ । दशैंलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे ।

यस योजना अन्तर्गत टिभिएसकाे कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदर कर्जा सुविधामा बाइक तथा स्कूटर गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आर आर ३१० जित्ने अवसर पाउनेछन्।

यस उपहार योजनामा भाग लिन को लागि जो कोहीले पनि यस लिंक मा गएर फारम भर्नु पर्ने छ जसमा किने पनि या नकिने पनि आर आर ३१० जित्ने अवसर पाईन्छ।

दशैँ तिहार स्किम योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा टिभिएसले ल्याएकाे यस्ता योजनाहरुबाट उपभोक्ताहरु लाभान्वीत हुने आशा गरेकाे बताए ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता  योजना “टिभिएस दशैँकोआशा” प्रारम्भ गरेको छ । यो त्यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.