डेढ करोड रुपैयाँको गाडी किन्ने योजनाबाट पछि हटे बोर्डका अध्यक्ष

  २०७७ असोज ५ गते २०:१२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना डेढ करोड रुपैयाँको गाडी किन्ने योजनाबाट पछि हटेका छन् । अहिले कोरोना कहरको अवस्थामा गाडि किन्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अब भाडाको गाडि चढ्ने ढुंगानाले बताए ।

बाेर्डकाे अहिलेको गाडी चढ्नै नसक्ने अवस्थाको भएकाले अब भाडाको गाडीका लागि सार्वजनिक सूचना जारी गर्ने उनले एक सञ्चार माध्यममा बताए ।

बोर्डका निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्की चढेको गाडी धेरै पटक बिग्रिएर चढ्नै नसक्ने अवस्थामा पुगको बोर्डले जनाएको छ । उक्त गाडी किन्ने बित्तिकै इञ्जिन बिग्रिएर फेर्नुपरेको बोर्डको भनाइ छ ।

नियामक निकायका प्रमुखले चढ्ने गाडी २ करोड रुपैयाँ हाराहारीको हुने गरेकोमा आफुले डेढ करोड रुपैयाँको गाडी खरिद गर्न लागेको उनले स्पष्ट गरे । उनले यस्तो समयमा यति महंगो गाडी किन्ने भन्दै विरोध आउन थालेपछि गाडी किन्ने योजना नै स्थगित गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.