शिखरमा पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै समितिमा पत्राचार

  २०७७ असोज ५ गते १७:५४     विकासन्युज

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा दीपप्रकाश पाण्डेले पुन नियुक्त गर्ने निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै कम्पनी संचालक समितिले नियामक निकाय बीमा समितिमा अनुमति माग्दै पत्राचार गरेको छ ।

कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियक्तिको अनुमति बीमा समितिले दिनुपर्छ । कम्पनी संचालक समितिले पुनः नियुक्त गर्ने निर्णय गरेर अनुमतिको लागि बीमा समितिमा पत्राचार भएको स्रोतले जानकारी दियो ।

स्याउ तथा साइट्रस प्रजातिका फलहरुको बीमा गराएर शिखर इन्स्योरेन्सले पछिल्लो समय चर्चा समेत कमाएको छ । यसको अवधारणा प्रमुख कार्यकारी अधिकृत पाण्डेले नै जन्माएका हुन् । पाण्डेकै कार्यकालमा शिखर इन्स्योरेन्स कम्पनी २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्येमा धेरै वटा परिसूचकमा पहिलो समेत रहेको छ ।

पाण्डे नेपाल बीमक संघकाे अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.