रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था

  २०७७ असोज ५ गते १६:३०     विकासन्युज

काठमाडां । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै नयाा व्यवस्था गरेको बताएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेण्ट गर्ने संस्थाहरुसँग आवद्ध भई विप्रेषण कारोबार गर्दा पालना गर्नुपर्ने ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’ को साविकका व्यवस्थाका अतिरिक्त नयाँ व्यवस्था पालना गरी कारोबार गर्नुपर्ने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ ।

राष्ट्र बैंकले नयाँ व्यवस्थामा विभिन्न सर्तहरु राखेको छ । नेपाली कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेण्ट इन्ष्ट्रमेण्ट सञ्चालन गर्ने संस्थागत आवद्ध भएको हुनु पर्ने, डिजिटल पेमेण्ट इन्ष्ट्रमेण्टबाट क्रस बर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेरमा अपनाउनु पर्ने, सुरक्षा व्यवस्थाहरुका बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुुनु पर्ने लगायतका सर्तहरु राखेको सूचनामा उल्लेख छ ।

यस्तै, सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरे अनुसारको समयावधि सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.