प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीको खातामा पठाउन थाल्यो बोनस सेयर

  २०७७ असोज ५ गते १४:२७     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गर्न शुरू गरेको छ । इन्स्योरेन्सले गत असार २९ गतेदेखि अद्यावधिक गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको हो ।

इन्स्योरेन्सले २०७७ असार २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १२.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

साथै, हालसम्म बोनस सेयर प्राप्त नगर्ने सेयरधनीहरुलाई आफुसँग भएको सेयर प्रमाणपत्रहरुको डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । उक्त सेयर प्रमाण पत्रहरु डिम्याट गराए पश्चात मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुने इन्स्योरेन्सले जानकारी गराएको छ ।

त्यस्तै, हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीले इन्स्योरेन्सको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ तथा आफुलाई पायक पर्ने निक्षेप सदस्यको सम्पर्क गरी डिम्याट खोल्ने कम्पनीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.