डिश हाेममा हिमालमिडियाकाे अडियो भिजुअल कार्यक्रम प्रसारण हुने

  २०७७ असोज ५ गते १४:३७     विकासन्युज

काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडियाबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारसम्बन्धी समझदारी भएको छ। समझदारी अनुसार हिमालमिडियाद्वारा उत्पादित अडियो भिजुअल कार्यक्रम डिश मिडियाबाट प्रसारित हुनेछन्।

डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालका प्रकाशक कनकमणि दीक्षितद्वारा हस्ताक्षरित समझदारी अनुसार हिमालले समसामयिक विषयमा उत्पादन गर्ने अडियो–भिजुअल कार्यक्रमहरू डिश मिडिया मार्फत प्रसारण हुनेछन्।

“देशभित्रै निर्माण गरिएका कार्यक्रमहरूको प्रसारण बढाउँदै लैजाने नीति अनुरूप हिमालसँगको समझदारी बनेको हो” डिश मिडियाका अध्यक्ष ढकाल भन्छन्, “समसामयिक विषयहरूमाथिको अनुसन्धान, विश्लेषण र प्रस्तुतिमा हिमालको समाचार कक्षको दक्षताले हामीलाई आकर्षित गरेको हो।”

डिसहोम विगत १० वर्षदेखि पेटिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई अग्रणी स्थानमा रही नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको एउटा सफल संस्था हो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका अलावा ग्राहकहरुको मनोरञ्जनका लागी विभिन्न एक्सक्लुसिभ च्यानलहरुका साथै घरमै बसि नयाँ नयाँ चलचित्रहरु हेर्न सकिने पेपरभ्युजस्ता सेवाहरु प्रदान गरिरहेको डिशहोमले हिमाल मिडियासंगको सहकार्यबाट आफ्ना ग्राहकहरुले उत्कृष्ट स्वदेशी कार्यक्रमहरु हेर्न पाउने विश्वास  लिएकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.