यातायात व्यवसायी भन्छन्ः जहाज भरि यात्रु हुँदा कोरोना नसर्ने बसमा सर्ने भन्ने हुन्छ ?

  २०७७ असोज ४ गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले हवाई सेवा कम्पनीहरुलाई सीट क्षमता अनुसारको यात्रु राख्न पाइने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विरोध जनाएका छन् । सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित भएका हुन् ।

उनीहरुले जहाजभरी यात्रु राख्दा जोखिम नहुने तर गाडीमा यात्रु राख्दा कोरोनाको जोखिक बढी हुने हो र भन्ने खालका प्रश्न समेत गर्न थालेका छन् ।

उनीहरुले सरकारले जहाजमा सीट क्षमता अनुसारकै यात्रु राख्ने भएपछि बसमा पनि सीट क्षमता अनुसारकै यात्रु राख्न पाउनु पर्ने आवाज उठाइरहेका छन् ।

उनीहरुले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने समेत चेतावनी दिएका छन् भने सरकारले विभेद गरेको पनि आरोप लगाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले जहाजमा पूरा सिटमा मान्छे राख्न दिने तर गाडीमा राख्न नदिने सरकारको निर्णय विभेदकारी भएको बताए ।

‘गाडीमा आधा मात्र यात्रु राख्न पाउने, जहाजमा जति राख्दा पनि हुने यो सरकारको कस्तो नीति हो, जहाजमा कोरोना नसर्ने भनने हुन्छ र ?,’ उनले प्रश्न गरे।

उनका पहुँचकै आधारमा हवाई सेवा कम्पनीहरुले सबै सिटमा यात्रु राख्ने अनुमति पाएको आरोप उनले लगाए ।
जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने उनले बताए ।

यस्तै महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई बढी भाडा तिर्नबाट रोक्ने हिसावले यस्तो भनेको बताए । उनले आधिकारिक निर्णय भोलि हुने बताए ।

सरकारले असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यही अनुसार सवारी साधन सञ्चालन भइरहेका छन् ।

सरकारले सार्वजनिक सवारी साधनमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र स ोवापत भाडा भने ५० प्रतिशत बढी लिन पाउने व्यवस्था गरिएको छ ।

हवाई सेवा भने भोलि अर्थात सोमबारदेखि सञ्चालन हुँदैछन् । जहाजले भने सीट क्षमताको आधारमा उचित स्वास्थ्य मापदण्ड पालना गरी यात्रु राख्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.