आरटीजीएसका लागि राष्ट्र बैंकले तोक्याे समय

  २०७७ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको जनाएको हो ।

राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने जनाएको छ ।

यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म ताकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.