बञ्चरे डाँडा ल्याण्डफिल साइडको काम दशैं अघि नै सकिने

  २०७७ असोज ४ गते १३:४४     विकासन्युज

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरल बताएका हुन् ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैअगाडी नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडी बढिरहेको बताए ।

उनले ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए ।
असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.