अब ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क

  २०७७ असोज ३ गते ९:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको छ। बिहिबारदेखि लागु हुने गरी ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको हो।

बिहिबारदेखि औपचारिक रुपमा गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरिएको ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले जानकारी दिए।

गरिब तथा विपन्न नागरिकको लागि आकस्मिक सेवा नि:शुल्क गर्ने सरकारको नीति तथा कार्यक्रममै उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.