उवासंघ-चितवनले कोरोना बिमितलाई हस्तान्तरण गर्यो कोरोना बीमा रकम

  २०७७ असोज २ गते १४:४४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य(उवा) संघ-चितवनले कोरोना बिमित सदस्यलाई कोरोना बीमा रकम उपलब्ध गराएको छ । आज (असाेज २ गते) उवासंघ-चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना बीमा योजनाका विमित प्रधान मिनिरल वाटर एन्ड विभरेज ई. प्रालिका सञ्चालक सुसनलाल प्रधानलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउन,निषेधाज्ञा जस्ता क्रियाकलापले उद्योग व्यवसाय धरासायी भएको अवस्थामा संघले आफ्ना सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले कोरोना बीमा योजना ल्याइएको बताए । उनले संघले व्यवसायीको हक,हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै सदस्य व्यवसायीको स्वास्थ्यमा पनि ख्याल गर्दै हरेका सुख दुखको सारथीको भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोना वीमा गरेका सदस्य व्यवसायी मध्ये कोरोना संक्रमण देखिएको प्रधान पहिलो व्यवसायी भएको र संघको सदस्यता नवीकरण गरिसकेका अन्य व्यवसायमा पनि कोरोना संक्रमण देखिएमा उनीहरुलाई पनि बीमा रकम हस्तान्तरण गर्दै जाने बताउदै हाल थप २ जना सदस्य व्यवसायीमा समेत कोरोना पुष्टि भएको बताए । उनले हाल चितवनमा कोरोना संक्रमणको प्रभाव बढ्दै गएकोले आवश्यक स्वास्थ्य सुरक्षाका साथ व्यवसाय संचालन गर्न व्यवसायीलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले संघमा आवद्ध रहेका सदस्य व्यवसायीहरु प्रति संस्थाको सामाजिक उत्तरदायित्व समेतलाई मध्येनजर राखी गत असार महिना देखी निशुल्क कोरोना बीमा योजना लागु गरिएको बताए । उद्योग वाणिज्य संघ-चितवनले आफु संग आवद्ध भएका सदस्य मध्ये श्रावण मसान्त सम्म नवीकरण गर्ने सबै सदस्यहरुलाई निशुल्क कोरोना वीमा गरेको तथा संघमा आवद्ध ४ हजार २ सय सदस्य मध्ये करिब ८ सय सदस्यहरु यस विमा योजना अन्तर्गत समावेश भएको संयोजक पन्तले बताए ।

कोरोना बीमा रकम ग्रहण गर्दै संघका साधारण सदस्य एवम् प्रधान मिनिरल वाटर एन्ड विभरेज प्रा.लि.का सञ्चालक सुसन प्रधानले आफु उवासंघ-चितवनको सदस्य हुनुमा गौरव महसुस भएको बताउँदै संघप्रति आभार व्यक्त गरेका छन् । प्रधानलाई श्रावण २३ गते कारोना संक्रमण पुष्टि भएको थियो भने उनी भदौ १२ गते कोरोना मुक्त भएका थिए । संघले लकडाउनको अवधिमा कोरोना राहत कोषको स्थापना गरि करिव ७० लाख बराबरको राहत समेत वितरण गर्नुका साथै विविध जनचेतनामुलक कार्यक्रमहरु समेत सम्पन्न गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.