शिवम् सिमेन्ट्सको सीईओमा भारतीय नागरिक सिन्हा नियुक्त

  २०७७ असोज १ गते ११:२५     विकासन्युज


काठमाडौं । शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा सिन्हालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

समितिले नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई सीईओको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो । यससँगै उनले आफ्नो कार्यकालसम्म शिवम् सिमेन्ट्सको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.