सबै कम्पनीका ग्यास सिलिण्डरकाे मूल्य २१०० रुपैयाँ

  २०७७ असोज १ गते ९:१२     विकासन्युज

 

काठमाडौं । नयाँ ग्यास सिलिण्डरको मूल्य कति ? काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटी स्थिति किराना पसल र ग्यास पसल चलाउँदै आएका प्रेम तिवारी बिहिबार विहान भने–‘कम्पनी अनुसार फरक फरक छ, नेपाल ग्यासको ४ हजार ५००, एभरेष्ट ग्यासको ४ हजार, साइवावाको ३ हजार ९ सय, त्रिशुलको ३ हजार ७५० रुपैयाँ ।

सरकारले ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँ तोकेको छ । तिवारीका अनुसार ग्यासको मूल्य घटाएपछि खाली सिलिण्डरको मूल्य नेपाल ग्यास ३ हजार १२५, एभरेष्टको २ हजार ६२५, साइबाबाको २ हजार ५२५ र त्रिशुलको २ हजार ३७५ रुपैयाँ हुन आउँछ ।

बुधबार नेपाल एलपी ग्यास उत्पादक संघले सबै कम्पनीका खाली ग्यास सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य उपभोक्ताले तिर्ने मूल्य हो ।

ग्यास बिक्रेता तिवारीले भनेको मूल्य ग्यास उत्पादक संघले तोकेको मूल्यभन्दा प्रतिसिलिण्डर २७५ रुपैयाँ देखि १ हजार २५ रुपैयाँसम्म बढी हो ।

के ग्यास बिक्रेताले उपभोक्तासँग प्रति सिलिण्डरमा १ हजार २५ रुपैयाँ बढी असुल गर्दै आएका थिए ? नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष गोकुल भण्डारी भन्छन्–बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको र उपभोक्तालाई मर्काे परेको देखिएकोले एउटै मूल्य लागू गर्ने निर्णय भएको हो ।

‘ग्यासको मूल्य सरकारले तोक्दै आएता पनि सिलिण्डरको मूल्य उद्योगले तोक्दै आएकोले बजारमा ग्यासको मूल्यमा एक रुपता थिएन । अब ग्यास र सिललिण्डर दुबैको मूल्य एउटै हुनेछ’ अध्यक्ष भण्डारीले भने–‘अब उपभोक्ता ठगिदैनन् । उत्पादक र विक्रेताले पनि अस्वस्थ प्रतिस्पर्धा गदैनन् ।’

फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको उनले बताए ।

यो मूल्य वाग्मती प्रदेशभर लागू हुने उनले बताए । ‘अहिले वाग्मती प्रदेशभर सबै उद्योगी बसेर एउटै मूल्य लागू निर्णय गरेको छौं । अरु प्रदेशमा पनि यस्तो व्यवस्था क्रमशः लागू गर्दै जाने छौं ।’

यसअघि उद्योगीले प्रति ग्यास सिलिण्डर १ हजार ७ सयदेखि २ हजार ६ रुपैयाँमा बेच्दै आएको र त्यसमा बिक्रेताले लागत र नाफा जोडेर बेच्दै आएको उनले बताए ।

One comment on "सबै कम्पनीका ग्यास सिलिण्डरकाे मूल्य २१०० रुपैयाँ"

  • Dharma raj bartaula says:

    Om gas ra nepal gas ko bikreta yeutai ho bhane bikretale chahema dinsakacha tar sateko bapatama extra paisa dinu pardain upbhokatale pani new selander Lina parema Jun companyko selender ho to companies dharauti rasidha Lina bhulnu hudain pachi aaneya thaujana pare to rasidha dekhyar tehi bikreta saga paisa firta Lina sakincha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.