‘मेरो शेयर’को मोवाइल एप सञ्चालनमा, लगानीकर्ताले काराेबार गर्दा थप होसियारी अपनाउनु पर्ने

  २०७७ भदौ ३१ गते २०:१२     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले ‘मेरो शेयर’को मोबाइल एप सञ्चालनमा ल्याएको छ । सीडीएससीले हाल सञ्चालनमा ल्याईरहेको ‘मेरो शेयर’ सफ्टवेयरको मोबाईल एप तयार गरी भदौ ३१ गतेबाट परीक्षणका लागि गुगल प्लेस्टोरमा राखेको हो ।

यस एपमा मेरो शेयरको वेव भर्जनमा रहेका सबै सुविधाहरु मध्ये हाल ‘माई आश्वा’ भित्र रहेका सुविधा बाहेकका सेवाहरु मात्र उपलब्ध गराएको छ । साथै, आगामी दिनमा नै माई आश्वा सहितको सबै सुविधाहरु समेटी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सीडीएससीले जनाएको छ ।

लगानीकर्ताले यस एप मार्फत ‘मेरो शेयर’को सेवा प्रयोग गर्दा थप सहज महसुस गर्न पाउने संस्थाको विश्वास रहेको छ । हाल परिक्षणको रुपमा सञ्चालन गरिएको भएपनि यस एप मार्फत सबै कारोबारहरु आधिकारिक नै रहने कम्पनीले जनाएको छ । त्यसैले, उक्त एपबाट कारोबार गर्दा लगानीकर्ताले थप होसियारी अपनाउनु पर्ने सीडीएससीले बताएको छ ।

साथै, यसको प्रयोगको क्रममा कुनै समस्या देखिएमा वा कुनै सुझाव रहेमा संस्थाको इमेल  support@cdsc.com.np मार्फत जानकारी गराउन सकिनेछ ।

लगानीकर्तालाई उनीहरुले सेयर बजारमा गरेको लगानीको सम्पूर्ण विवरण हेर्ने लगायत विभिन्न सेवा सुविधा दिने उद्देश्यले सीडीएससीले ‘मेरो शेयर’ सफ्टवेयर सञ्चालनमा ल्याएको थियो । जसलाई थप सरल, प्रयोगकर्तामैत्री एवम् सजिलै प्रयोग गर्न सकिने गरी उक्त सफ्टवेयरको मोबाईल एप सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार यस एप एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा मात्र उपलब्ध रहेको र निकट भविष्यमा नै आईओएस अपरेटिङ्ग सिस्टममा समेत उपलब्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.