जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब कुल लगानी, कुनको कति ?

  २०७७ भदौ ३१ गते १८:१५     नबिन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनीहरुको कुल लगानी २ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले आफूले गर्ने लगानीको दायरा केही फराकिलो पार्न आवश्यक रहेको समेत बताउँदै आएका छन् ।

बीमा समितिका अनुसार सबैभन्दा धेरै लगानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने दोस्रोमा एलआइसी नेपाल रहेका छन् । नेपाल लाइफको कुल लगानी ७२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने एलआइसी नेपालको लगानी ५४ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा संस्थानको लगानी २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको लगानी ३२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफको लगानी ७२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको लगानी ५४ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

यस्तै, मेट लाइफको लगानी २० अर्ब ९४ करोड रुपैयाँ रहेको छ । एशियन लाइफको लगानी १९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

सूर्या लाइफको लगानी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । गुराँस लाइफको लगानी ७ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यस्तै, प्राइम लाइफको लगानी १३ अर्ब १८ करोड रुपैयाँ रहको छ ।

समितिका अनुसार आइएमइ लाइफको लगानी २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । युनियन लाइफको लगानी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ । ज्योति लाइफको लगानी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

सन नेपाल लाइफको लगानी २ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने रिलायन्स लाइफको लगानी २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको लगानी ३ अर्ब ५३ करोड रुपैयाँ र सिटिजन लाइफको लगानी ३ अर्ब ८२ करोड रुपैयाँ रहेको समितिले जानकारी दिएको छ ।

यस्तै, सानिमा लाइफको लगानी २ अर्ब ३१ करोड रुपैयाँ रहको छ । प्रभु लाइफको लगानी २ अर्ब २७ करोड रुपैयाँ रहेको छ भने महालक्ष्मी लाइफको लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, बाणिज्य बैकको मुद्दति निक्षेपमा, नेपाल पुर्वाधार बैकको मुद्दति निक्षेपमा लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, म्यचूअल फण्ड र नागरिक लगानीकोष लगायतमा लगानी गर्न मिल्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.