टिकटक प्रयोगकर्तालाई अफरः उत्कृष्ट भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

  २०७७ भदौ ३१ गते १७:३९     विकासन्युज


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक-टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्जको आयोजना गरेको हो ।

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । साथै, छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरी सक्नु पर्नेछ जसकाे नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.