बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरको कार्यान्वयन असोजभित्रै गर्नुपर्ने, ऋणीलाई राहात

  २०७७ भदौ ३१ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई असोजमसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै असोज मसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकिकृत निर्देशनमा व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था असोजभित्रै कार्यान्वयन गर्न निर्देशन गरेको हो ।

यो व्यवस्था लागु हुने भएसँगै नागरिकले बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् । बैंकमा चर्को ब्याजदर तिर्नुपर्ने ऋणीहरुकाे बाध्यता केही मात्रामा हट्ने छ भने थाेरै भएपनि राहात हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.