स्वास्थ्य बीमा बोर्डमा २ सदस्य नियुक्त

  २०७७ भदौ ३१ गते १४:१०     विकासन्युज

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकाे स‌ंयाेजकतामा बसेकाे मन्त्रिस्तरीय बैठकले प्यूठानका थापा र सुर्खेतका तिवारीलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् ।

यो नियुक्ती पश्चात स्वास्थ्य बीमा बोर्डले एकै पटक २ जना सदस्य पाएको छ । उक्त नियुक्ती पाएका २ जना सदस्यको कार्यकाल ४ वर्षका लागि तोकिएको छ । सो नियुक्ती अनुसार थापा बीमितको तर्फबाट सदस्य भएका हुन भने तिवारी विज्ञ सदस्यमा नियुक्त भएका हुन् ।

बुधबार दुवै नव नियुक्त सदस्यले पद तथा गोपनियताको सपथ लिदै स्वास्थ्य बीमा बोर्डमा पदभार सम्हाल्न सुरु गरेका छन् ।

यस्तै, केही समय अघि नियुक्त भएका स्वास्थ बीमा बोर्डका सेनेन्द्रराज उप्रेतीले पनि बुधबार स्वास्थ्य मन्त्री ढकालबाट सपथ लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.