थप ४ स्यानिटाइजरमा लगाइयाे प्रतिबन्ध

  २०७७ भदौ ३१ गते ११:५४     विकासन्युज

काठमाडाैं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत बनाइएका थप ४ वटा  स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ । विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप ५  वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे हाे ।

विभागले बुधबार सूचना जारी गर्दै सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।

विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।

विभागले भएकाे शनिबार मात्र काठमाडौंका ४ र भक्तपुरको १ उद्योगहरुलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गराउने गरी कारबाही गरेकाे थियाे । कारबाही हुनेमा नेपाल कयाकल्पा उद्याेगकाे इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर,  हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.