सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प (अपडेट)

  २०७७ भदौ ३१ गते ५:३०     विकासन्युज

काठमाडौं । आज (भदौ ३१ गते) विहान काठमाडौं उपत्यका लगायतमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ५ बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे वरिपरी केन्द्रविन्दु पारेर ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार विहान ५ बजेर १९ मिनेटको समयमा ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

एकाविहानै भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासी आत्तिदै घरबाहिर निस्केका छन् । सो भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.