उत्कृष्ट क्यामेरा क्वालिटी भएकाे ‘नोकिया सीथ्री’ स्मार्टफोन सार्वजनिक, मूल्य साढे १२ हजार रूपैयाँ मात्रै 

  २०७७ भदौ ३० गते १९:२५     विकासन्युज

काठमाडौं । नोकिया फोनको उत्पादक एच्.एम.डी. ग्लोवलले नयाँ फीचरहरु भएको स्मार्टफोन नोकिया सीथ्री विश्व बजारमा ल्याएको छ । सोहि अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले नोकिया सीथ्री नेपालमा भित्र्याएको हाे ।

५.९९ इन्चको एचडी प्लस स्क्रिन, दिनभर टिक्नेब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको नोकिया सीथ्री एण्ड्रोइड १० स्मार्टफोन हो, जुन धेरै मजबूत छ । यसको एचडी प्लस स्क्रिनमा रहेको उज्यालोपना अनुकूल गर्ने विशेषताले बाहिरी र भित्री जुनसुकै अवस्था पनि उत्कृष्ट प्रदर्शन गर्दछ । एण्ड्रोइड १०, अक्टा-कोर प्रोसेसर र फिगंर प्रिन्ट सेन्सर जस्ता आधुनिक प्रविधिले गर्दा यो स्मार्टफोन ग्राहकहरुका लागि पूर्ण रुपमा सहयोगी सावित हुनेछ । मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिसटेन्ट सहयोग लिन सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ ।

“एच.एम.डी. ग्लोबलको मूल उद्देश्य भनेको विश्वव्यापी रुपमा स्मार्टफोन प्रयोगकर्ता हरुमाझ सुपथ मूल्यमा थरी थरीका छान्न सकिने उत्पादनहरुका साथमा सर्वोत्कृष्ट स्मार्टफोन पुर्याउनु हो । नोकिया सीथ्री सिरिजको नयाँ संस्करण को रुपमा नोकिया सीथ्री जसमा थप टेक्नोलोजिहरु विल्कुलै नयाँ एण्ड्रोइड १० र पछिल्तिर भएको फिंगर प्रिन्ट सेन्सर जुन सस्तो मूल्यको स्मार्टफोनमा एकदम राम्रो अप्सन हो, साथै राम्रो क्वालिटीको क्यामरा, लार्ज एचडी प्लस स्क्रीन, लामो समय टिक्ने व्याट्री, अक्टा-कोर प्रोसेसर र बलियो आकर्षक डिजाइन हरुले गर्दा पक्कै पनि प्रयोगकर्ताहलाई अर्को लेभलको एण्ड्रोइड स्मार्टफोनको अनुभव गराउने छ ।”, एच्.एम.डी. ग्लोवल प्यान एसियाका चिफ रवि कुवँरले बताए ।

उत्कृष्ट डिस्प्ले तथा विश्वसनीय गुणस्तर सहित दिनभर टिक्ने व्याट्री विश्वसनीय डिजाइन, दिनभर टिक्ने व्याट्री र ५.९९ इन्च एच्डी प्लस स्क्रिनलेप्राय सबैकुरा समेट्दछ र यसले उज्यालो-अध्याँरो अनुकूल हुने गरी लाइट आफै मिलाउँदछ । ३०४० एम.एच्.निकाल्न मिल्ने व्याट्रीले दिनभरी उर्जा दिने भएकोले कार्य सम्पादन क्षमता बढाउँछ । अक्टा-कोर प्रोसेसरले स्पीड र कुशलता दिन्छ, जुन हरेक दिनको कामलाई आवश्यक पर्दछ । नोकिया सीथ्रीमा पोलिकार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई झन बलियो र टिकाउ बनाएको छ ।

विश्वासिलो क्वालिटी को साथमा गुगल असिसटेन्ट नोकिया सीथ्रीको क्यामेराले यादगार क्षणहरु आकर्षक फोटो र भिडियोहरु हाई क्वालिटी मा कैद गर्दछ । यसमा पछाडितिर ८ एम्.पी. क्यामेरा र एल.इ.डी. फ्लास ले एच.डी.आर. फोटोग्राफी र फूल एच.डी. भिडियो दिन्छ तथा अगाडिको ५ एमपी क्यामेराले सेल्फि सजिलै खिच्दछ । यसमा कैद भएको मनमोहक र स्तरीय विषय वस्तुलाई साथीभाइहरुसँग सेयर वा आफ्नो सामाजिक संजालमा सजिलै हाल्न सकिन्छ । नोकिया सीथ्रीमा भएको गुगल असिसटेन्ट बटनलेदिनभरीको काम सहज पार्दछ । मौसम हेर्न होस्वा तारिख हेर्न सिर्फ एउटा बटन दवाउनुहोस् वा आफ्नो आवाजबाट तुरुन्तै प्रश्नको जवाफ पाउनुहोस् । यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ जसले गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्छ ।

मूल्य र उपलब्धता

नोकिया सीथ्री नर्डिक ब्लू (निलो) रगं र २/१६ जिबि कन्फिग्रेसनमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य मात्र १२ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.