अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा राखिने

  २०७७ भदौ ३० गते १८:४६     विकासन्युज

काठमाडाैं । सरकारले १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित गर्ने निर्णय गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र बैंकलाई स्वीकृति दिएको हो।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णयबारे आज जानकारी गराएका हुन्।  नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.