खतिवडा प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार, तलब/सुविधा मन्त्रीसरह नै पाउने

  २०७७ भदौ ३० गते १८:३१     विकासन्युज

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार राख्ने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई ओलीको प्रमुख आर्थिक सल्लाहाकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।

सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

खतिवडाको सेवा सुविधा र तलव अन्य मन्त्रीसरह नै हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.