प्रुडेन्सियल इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष अग्रवालद्वारा सपथ ग्रहण

  २०७७ भदौ ३० गते १६:१६     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विशाल अग्रवालले आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो ।

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध छन् ।

सम्बन्धित समाचारः

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.