सिटिजन्स बैंकले शुरू गर्याे स्क्यान एण्ड विथड्र सेवा, चेक बिनै खाताबाट रकम झिक्न सकिने 

  २०७७ भदौ ३० गते १४:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको हो ।

स्क्यान एण्ड विथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन् ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथ साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याईएको हो । यसको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.