केटीएमले पुरै अपग्रेड गर्यो डुक बाइक, मूल्य बढ्याे कि घट्याे ? (सूचीसहित)

  २०७७ भदौ २९ गते १९:५२     विकासन्युज

काठमाडौं । नेपालको मोटरसाइकल ब्राण्ड, केटीएमले बीएस६ को मोडल नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । केटीएमले २०२०, केटीएम २०० डुकलाई पूरै तवरले अपग्रेड गरेकाे छ, जुन शानदार १२९० सुपर ड्यूक-आर बाट प्रेरित रहेकाे छ ।

यस बाइकको हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । यो बाइक डुअल-च्यानल एबीएस र एलईडी डीआरएल एस जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण छ । यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड-कूल्ड, डीओएचसी, ४-भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत डब्लुपी सस्पेन्शन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ ।

यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् । केटीएम २०० डुके यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पीएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३ एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल-च्यानल एबीएसको साथ बिल्कुलै नयाँ २०२० केटीएम २०० डुके २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुनेछ । जसको प्रारम्भिक मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस बाहेक २०२०, केटीएम ३९० डुके अब क्विकसिफ्टर प्लसको साथमा उपलब्ध हुनेछ, जसको प्रयोग अहिलेसम्म सुपरबाइकहरुमा मात्र हुने गथ्र्यो । बाय-डायरेक्शनल क्विकसिफ्टर प्लसको प्रयोग यस श्रेणीमा पहिलो पटक गरिएको हो, जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवै तर्फ शिफ्ट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विकसिफ्टर प्लसमा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर शिफ्ट गर्न सम्भव हुने कम्पनीले जनाएको छ ।

२०२० केटीएम ३९० डुक ८ लाख ४९ हजार ९ सय रुपैयाँको प्रारम्भिक मूल्यमा शोरुममा उपलब्ध हुनेछ । यो बाइक एकदमै नयाँ ग्राफिक डिजाइनको साथ २ एकदमै नयाँ रङ्गहर-सिल्वर मेटालिक र सेरेमिक व्हाइटमा उपलब्ध हुनेछ ।

त्यस्तै, नयाँ २०२० केटीएम २५० डुकेको स्ट्याण्डर्ड बाइक सुपर मोटोको साथ डुअल-च्यानल एबीएसले सुसज्जित छ । यो मोडल २ नयाँ रङ्ग-सिल्भर मेटालिक र डार्क गैलभानोको साथ ६ लाख ३९ हजार ९ सय रुपैयाँको प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ ।

नेपालको लागि केटीएम बाइकको एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा नेपालमा केटीएम ल्याएको थियो ।

यस्ताे छ नयाँ मूल्य ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.