टिसीएलको दशैं-तिहार अफरः घरायसी सामान किन्दा २५ प्रतिशतसम्मको क्यासब्याक पाइने

  २०७७ भदौ २९ गते १८:३८     विकासन्युज

काठमाडौं । विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्रान्ड टिसीएलले स्टे सेफ, सेलिब्रेट वेल नामक अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं-तिहार लाई लाक्षित गर्दै टिसीएलले उक्त अफल ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले टिसीएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिसपेनसर, जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यासब्याक पाउने छन् । साथै, टिसीएलका एयर कन्डिस्नरमा फ्री इन्स्टलेशनको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत यदी कुनै ग्राहकले फोनपे प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्नेछन् ।

फोनपेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य आकर्षश सुविधा प्राप्त गर्न सक्नेछन्, जुन फोनपेले नै ग्राहकहरुलाई प्रदान गर्ने छ ।

नेपालका लागि चौधरी ग्रुप अन्तर्गत सीजी ईओएल अधिकारिक बिक्रेता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.