२०७७ भदौ २९ गते १४:२३ बाबुराम अधिकारी
२९ भाद्र आज फेरि मनाइदैछ बाल दिवस
लाखौँ बालबालिका जिउदै मर्न छन् यहाँ विवश
बाल दिवसको नाममा बन्ने लाखौँका भर्पाइ अनि बिल
हुन्छन् के यो वर्ष किनकी कोरोनाले तारे होटल सब छन् सिल ।
खोलाको किनारमा बाबु आमा संगै गिट्टी कुट्ने
इटा भट्टामा आफु भन्दा गहौ भारी बोकी कुद्ने
गल्ली गल्लीमा फोहरसंग भेटिने
बालअधिकार सबै गरिबीमै रेटिने ।
निशुल्क शिक्षा संविधानको धारामै सिमित हुँदा
स्कुल छोड्न बाध्य छन् बालबालिका कापी र कलम नहुँदा
सिकुटे शरीर छ पौष्टिक आहार कुन चरिको नाम हो
मन्त्रालय पनि छ रे त्यसको खै के काम हो ।
ट्याम्पो अनि ट्याक्सीमा झुण्डिएर दिनभरी
सम्झिन्छ विद्यालय अनि भविष्य घरीघरी
बाल विकास, बचाउ संरक्षण र सहभागिता
बाल अधिकार संरक्षणमा खै कस्को छ संवेदनशिलता ।
विकास छैन सबैतिर तिरस्कारमा बालबालिका
परिवारमै सुरक्षित छैनन् नेपालमा बालबालिका
बाल सहभागिता समाजमा विरलै स्वीकारिन्छ
माउ भन्दा चल्ला बाठा भनेर हकारिन्छ ।
पर्दैन हाम्रा नाममा सेमिनार अनि गोष्ठी गर्न
वर्षको एकदिन शुभकामनाले पत्रिका भर्न
सक्छौ भने संवैधानिक व्यवस्था कार्यान्वयन गर
नत्र बाल दिवसको नाममा वर्षको १ दिन कोकोहोलो गर्दै नगर ।
कोहलपुर बाँके
Copyright © 2024 Bikash Media Pvt. Ltd.