डिसहोमबाट पहिलाे पटक बलिउड फिल्म रिलिज हुँदै, घरमै बसेर हेर्न सकिने

  २०७७ भदौ २८ गते १९:४७     विकासन्युज

काठमाडौं । डिसहोमबाट पहिलो पटक बलिउड फिल्म रिलिज हुने भएको छ । हिन्दी चलचित्र ‘खाली पिली’ अक्टोबर २ तारिखमा डिसहोमबाट रिलिज हुने भएको हो ।

उक्त फिल्ममा अनन्या र इसान खट्टरको मुख्य भूमिका रहेको छ । दर्शकले प्रति शोको शूल्क तिर्ने गरी ९पे पर भ्यु० घरै बसेर चलचित्र हेर्न पाउने डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

“चलचित्रको ग्लोबल रिलिज नेपालमा डिसहोममार्फत् हुने हामीलाई गौरवको विषय हो । चलचित्र सिनेमा घरको सिनेमा घर च्यानलमा रिलिज हुनेछ ।” प्रबन्ध निर्देशक आचार्यले भने ।

यसअघि हिन्दी चलचित्र नेपाली सिनेमा थियटरमा रिलिज हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.