हुण्डाईकाे ‘औरा’ नेपाली बजारमा सार्वजनिक, मूल्य ३३ लाख ९६ हजार रूपैयाँ

  २०७७ भदौ २५ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ ।

‘सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।’, लक्ष्मी इन्टरकन्टिनेन्टलका जीएम रूपेश शर्मा भट्टले बताए ।

नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो, जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ । यस गाडीको अग्रभागले यूनिक ट्विन बुमरिङ डेटाइम रनिङ् लाइट डीआरएलको साथै प्रिमियम सेटिन फ्रण्ट ग्रीलको साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले गरेको छ । साइड प्रोफाइलले येस्को क्वउप जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ । औराको विशिष्ट रियर डिजाईनमा वाईड स्ट्यिान्स, रोबुष्ट स्पोर्टी बम्पर डिजाईन र स्टिाइलिस जेड सेप एलइडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।

नयाँ हुँण्डाई औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत पावर ट्रेन्सको छनौट प्रदान गर्दछ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन जुन हुण्डाई औराको आराम्दायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीले जनाएको छ ।

यसका साथै, यसको संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसोनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपरियर ह्याण्डलिङ प्रदान गर्दछ ।

औरा गाडी चार विभिन्न कलर भेरियन्ट, फिइरी रेड, टिटान ग्रे, टाईफोन सिल्भर र पोलार ह्वाइटमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.