हिमालय एअरलाइन्सले पायाे आईएसओ ९००१–२०१५ प्रमाणीकरण

  २०७७ भदौ २५ गते १३:२८     विकासन्युज

काठमाडौं ।  हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्सकाे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्दछ ।

आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय टीमका लागि याे ठुलै उपलब्धी भएकाे र यसले ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए ।

प्रमाणीकरण पश्चात, एअरलाइन्सले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ । यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स् लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कशप क्षमताको वृद्धिसँगै अन्य एअरलाइन्सबाट आय आर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.