कोरोना प्रभावित सबै उद्योग व्यवसायले वर्किङ क्यापिटल र टर्म लोनमा पनि थप कर्जा पाउने

  २०७७ भदौ २३ गते २०:२०     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण प्रभावित सबै प्रकारका उद्योग व्यवसायले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जा पाउने भएका छन् । यसअघि कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसयाले मात्रै चालु पुँजी कर्जा पाइने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरिएको जानकारी गराएको हो । नयाँ व्यवस्था अनुसार चालु पुँजी कर्जा नलिएका ऋणीलाई आवधिक कर्जाको १० प्रतिशतसम्म थप कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पुँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पुँजी कर्जा उपयोग नगरेका ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

तर, कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको विजनेस प्रपोजल आदिको विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न पनि सकिने बाटो राष्ट्र बैंकले खुलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.