कोरोना महामारी कि अन्तर्राष्ट्रिय षडयन्त्र ? वहसमा विज्ञ भर्सेस पब्लिक

  २०७७ भदौ २३ गते १७:०२     रमेश घिमिरे

पछिल्लो समय नेपालमा कोरोनाको सन्दर्भमा “विज्ञ” ले सर्वसाधारणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । विज्ञहरु आम सञ्चार माध्यममा कोरोना भयावह हो भन्दै विचार सम्प्रेषण गरिरहेका छन् भने सर्वसाधारण सोसियल मिडियामा कोरोना अन्तर्राष्ट्रिय षडयन्त्र हो भनिरहेका छन् । यस लेखमा यो प्रसंगलाई समाजशास्त्रीय दृष्टिबाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।

चीनको वुहानमा देखा परेको भनिएको अहिलेको कोरोना भाइरसको सम्बन्धमा विश्व स्वास्थ्य संगठन, विश्वका सरकारहरु, मूलधारका ठूला मिडिया र एलोपेथिक स्वास्थ्य प्रणालीका रणनीतिक पात्रहरु एक धारमा प्रस्तुत भएका छन् । उनीहरुले कोरोनालाई विश्व महामारी घोषणा गरेका छन् । यसको नियन्त्रणका लागि भन्दै लक डाउन (घरबाट निस्कन नपाउने नियम) लगायत नागरिकहरुका मौलिक अधिकार निलम्बन गराएका छन् ।

कोरोनाका सम्बन्धमा फरक धारमा विचार, तथ्य, तर्क र प्रश्नहरु उठाउने वैकल्पिक उपचार पद्दतिका पात्र, एलोपेथिक प्रणालीभित्रकै चिकित्सक र नागरिक समाजका सदस्यका भनाइलाई आम मानिससम्म पु¥याउन रोक लगाइएको छ । त्यस्तो भनाइ सामाजिक सञ्जालमा व्यक्त गर्ने र सार्वजनिक रुपमा बोल्ने व्यक्तिलाई सरकारहरुले कारबाही समेत गर्ने गरेका छन् । त्यस्ता भिडियोहरु सरकारहरुको रिपोर्टमा युट्युबले डिलिट गर्ने गरेको छ ।

कोरोना फैलियो भने स्वास्थ्य प्रणालीले धान्न सक्दैन र भयावह स्थिति हुन्छ भन्ने एकधारको भनाइ मात्र सर्वसाधारणसम्म पु¥याइएको छ । सामान्यतया चिकित्सकले भनेको कुरामा सर्वसाधारणले अन्धविश्वास (कारण सोधखोज नगरी, शंका नगरी गरिने विश्वास) गर्छन् । त्यसमा प्रश्न गरिंदैन किनकि चिकित्सकले भन्ने कुरा रिसर्चबाट पुष्टि भएका हुनुपर्छ र चिकित्सक उच्च संवेदनशील र व्यावसायिक पेशा भएको हुनाले उनीहरुले ठगी गर्दैनन् भन्ने मान्यता छ ।

लेखक

विश्व स्वास्थ्य संगठनका पक्षधर विज्ञहरुले सर्वसाधारण नागरिकसँग प्रतिस्पर्धा गरेर ठूला मिडियाहरुमा भनाइ राखेको पाइन्छ । उनीहरुले सर्वसाधारणले कोरोनालाई हल्का रुपले लिनु ठूलो गल्ती भएको बताउने गरेका छन् । फरक धारका विज्ञहरुले आम रुपमा भनाइ राख्न पाएका छैनन् । त्यसैले मूलधारका विज्ञहरुको प्रतिस्पर्धा सर्वसाधारणसँग भएको देखिन्छ । स्वास्थ्य र मृत्युलाई अति संवेदनशील मानी मूलधारका चिकित्सकको भनाइ शिरोपर गर्दै आएका आम सर्वसाधारणमा एक्कासी फरक धारणा कसरी सम्भव भयो ?

चिकित्सकले भनेको आधारमा कति मानिसले दुध, कतिले मासु, कतिले गेडागुडी खान छोडेका छन् । आफूले रमाइलोसँग नियमित रुपले भोग गर्दै आएको जीवनशैलीमा बदलाव ल्याएर कष्टपूर्ण शैली अवलम्वन गरिरहेका छन् । तर कोरोना सर्न सक्छ, जथाभावी नहिंड्नुस् भन्दा पालना गरेको देखिंदैन । प्रहरी बल र जरिवानाको डरले मात्र पालना भएको छ ।

विश्वभर दैनिक अन्य रोगले कति मानिस मर्छन् ? कोरोनासमेत लागेर कति मर्छन् ? र कोरोना मात्र लागेर कति मर्छन् ? यो प्रश्न सर्वसाधारणको मनमा उठ्यो । मूलधारका विज्ञ र मिडियाले यसको उत्तर दिदैनन् । सर्वसाधारणको मनमा शंका हुन्छ , “कोरानाको मार्ने क्षमता कति हो त ? यो महामारी नै हो त ?” जुनसुकै प्रश्नमा पनि मूलधारका विज्ञको एउटै उत्तर हुन्छ, “रोग फैलियो भने भयावह स्थिति आउँछ ।”

आधिकारिक निकाय र विज्ञले हचुवाका भरमा बोल्नु हुँदैन । कोरोनाको संक्रमण दर र मृत्यु दर कति हो ? यो यो कारणले विश्व महामारी हो भनेर प्रमाणित कुरा गर्नुपर्छ । जुनसुकै रोगले मरेका भए पनि कोरोना समेत भए त्यसलाई कोरोनाको मृत्युमा गनेर तथ्यांक सार्वजनिक गरिन्छ । त्यसमध्ये कति प्रतिशत कोरोना नलागे पनि मर्ने स्थितिका थिए ? लक डाउन गर्दा कति क्षति हुन्छ ? नगर्दा कति क्षति हुन्छ ? सबै जिज्ञाशाको ब्ल्याक एण्ड ह्वाइट उत्तर नहोला तर जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ ।

सामान्य एक/दुई जना विज्ञको रायसल्लाहले लामो समय वा जीवनभर नै आफ्नै दैनिकी हेरफेर गर्न मानिसहरु तयार हुँदै आएका छन् । अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन ।

कोरोनाको भविष्यको बारेमा भन्न सकिंदैन भन्ने कुरालाई विश्वास गरौं । तर विगतबारे पनि किन पूर्ण सूचना सार्वजनिक गरिंदैन ? महामारी फैलिएको ७/८ महिना भइसक्यो । अन्य सबै रोगको मृत्युदर पहिलेदेखि नै स्पष्ट छँदैछ । अन्य रोगीलाई कोरोनासमेत लाग्दा मृत्युदर कतिले बढेको छ ? कोरोना मात्रै लाग्दा मृत्यु कति छ ? यो जोड्दा कोरानाको वास्तविक मृत्युदर आइहाल्छ । तर यो किन सार्वजनिक गरिंदैन ?

अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन ।

मानिसको मनमा जिज्ञाशा नै आएन भने त ठीकै छ । जिज्ञाशा उत्पन्न भइसकेपछि आधिकारिक निकायले चित्त बुभ्mदो जवाफ दिनुपर्छ । तर अहिले जिज्ञाशा राख्नेलाई नै मुख बन्द गर्न दबाब दिइएको छ । यस्तो अवस्थामा मानिसहरुमा विभिन्न शंका उपशंका हुन्छ । सर्वसाधारणलाई बन्द कोठाभित्र तयार गरिएका यथार्थ सूचना थाहा हुँदैन । उनीहरुसँग अनुमान गर्नुको विकल्प हुँदैन । बाहिरी आँखाले हेर्दा जे देखिन्छ, त्यसकै आधारमा अनुमान गर्ने हो ।

सर्वसाधारण र फरक धारको आवाजलाई आम सञ्चार माध्यमले स्थान दिएका छैनन् । तर तिनै आवाजलाई खण्डन गर्न विज्ञहरुलाई स्थान दिएका छन् । यसबाट सञ्चार माध्यममाथि पनि आशंका हुनु स्वाभाविक हो । मर्ने त सर्वसाधारण नै हुन् । कसरी मर्छन् ? आप्mनो परिवेशमा भएको घटना सर्वसाधारणले देखेकै छन् । बेरोजगारी, रोग, भोक, अभाव, तनाव, इन्जाइटी, डिप्रेसन, आत्महत्या सर्वसाधारणले आफैं भोग्छन् र देख्छन् । सर्वसाधारणका आँखाले नदेखेका खतरा के हुन् र नागरिकको अधिकार निलम्वन गर्दा खतरा कसरी टर्छ ? मूलधार पक्षबाट चित्त बुभ्mदो गरी सार्वजनिक गर्नुपर्छ ।

rameshghimire21@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.