‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरू, घरबाटै सहभागी हुन पाइने, तर कसरी ?

  २०७७ भदौ २२ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरु गरेको छ । आयोजक केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको हो ।

केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि आफूले गाएको गीत र भिडियो असोज १५ गतेसम्म अनलाइन मार्फत पठाउनु पर्ने छ । पठाइएका गीतहरुमध्येबाट संगीत तथा भाषाविद्हरु डा. कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट १० जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनोट हुनेछन् ।

यस्तै उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ । प्रतियोगिताको विजयी छनोट गर्ने चरणलाई राष्ट्रिय टेलिभिजन मार्फत प्रशारण गरिने संस्थापक निर्देशक मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गर्ने आयोजकले जनाएको छ ।

गायन, नृत्य लगायतका विभिन्न सांगितिक विधाहरुमा प्रशिक्षण गर्दै आएको साधना कला केन्द्रले यसअघि ‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को पहिलो संस्करण सम्पन्न गरिसकेको छ ।

प्रतियोगितामा कसरी सहभागी हुने ?

नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ । साथमा आफ्नो पुरा नाम, ठेगाना, गीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक(गायिका र फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ ।

प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर ण्ण्ज्ञण्द्धद्दठद्दज्ञए मा पठाउनु पर्नेछ ।

अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु स् इसेवा, प्रभु पे वालेट, ग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्टेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने छ ।

काठमाडाैं उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सक्नेछन् । अन्य थप जानकारी साधना कला केन्द्रको अफिसियल पेज मार्फत लिन सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.