देख्दा लाग्छ यो देशमा सरकार छैन (मुक्तक)

  २०७७ भदौ २१ गते १२:१४     गाेपाल खनाल

लेखक

१.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।।
सिटामोल नपाएर मर्नु पर्छ जनताले
दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।?

२. सर्प पाल युवा फाल चमत्कार हुन्छ
यस्तै यस्तै कदम चाल चमत्कार हुन्छ ।।
जनताले बिरोध गर्न सक्छन् भ्रष्ट बन्यौ
घाँस हाल मुख टाल चमत्कार हुन्छ ।।

३. राम्रा होइन हाम्रालाई छानिन्छ र पो त
यहाँ गलतलाई सहि मानिन्छ र पो त ।।
देशका लागि केही गर्न खोज्नेलाई पनि
समर्थन होइन खुट्टा तानिन्छ र पो त ।।

४.सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन
समृद्धिको लहर छ कतै हार छैन ।।
बिपत्तिमा मौन सत्ता जोगाउन मै ब्यस्त
देख्दा लाग्छ यो देशमा सरकार छैन ।।

५.गुुजारा चलाउन मृत्युसँग खेलिरहनुु परेको छ
हेर्नुुस् निमुुखाले समस्या झेलिरहनुु परेको छ ।।
गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि
मन नलागे नि भ्रम साँचेर ठेलिरहनुु परेको छ ।।

खनालगाउँ नुवाकोट,
हाल पोखरा ११
[email protected]com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.