कोरोनाको महामारी वा भोकमरी

  २०७७ भदौ २० गते १३:१८     मिरा शाह

अहिले कोरोनाको महामारीले गर्दा सबै ठाउँमा, सम्पूर्ण मानवजातिलाई क्षति पुर्याएको छ, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रलाई त झन् कति नराम्रो असर गरेको होला ।  हामी अनुमान पनि लगाउन सक्दैनौं । हुनेखानेलाई तँ अप्ठ्यारो भइसके भने दैनिक जीविकोपार्जन गर्ने, ज्याला मजदुरी, अति विपन्न वर्ग र निम्न वर्गका व्यक्तिलाई के अवस्था भा’को होला । यसको अनुमान कस्ले र कसरी लगाउने हो ? त्यो कुरा सम्झँदा नि मन कथङ्रो हुन्छ ।

कतिपय ठाउमा कामबाट निकालेका छन्, तँ कतिपयलाई अहिले तपाईं काममा नआउनुस्, जबर्जस्ती घरमै बस्नुपर्ने बाध्याता छ । अब यिनीहरूको व्यथा कसले पो बुझ्ने होला । अहिले सबैभन्दा बढी समस्या वा जोखिम ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, पाँच वर्षभन्दा मुनिको  बालिकालाई असार परेको छ, जबकी यिनीहरूलाई बढी पोशिलो खानेकुराको आवश्यकता पर्दछ । यिनीहरूको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएको हुनाले अझै बढी पोशिलो खानेकुरा चाहिन्छ। सम्पूर्ण मानिसहरूलाई पौष्टिक पदार्थको आवश्यकता र रोगसंग लड्ने प्रतिरक्षा शक्ति एक अर्कासंग गासिएको हुन्छ । सुपोशित व्यक्तिमा रोगसंग  लड्ने क्षमता बढी हुन्छन् भने कुपोशितमा यसको कम हुन्छ । अझै कुनै रोग लागेका छन् भने उसको मृत्युको उच्च जोखिमपूर्ण हुन सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । अहिले कोरोना विश्वव्यापी महामारिको  रूपमा व्याप्त छन् । यो चैतदेखि शुरु भएको अहिलेसम्म यसको क्रम रोकिएको छैन र कहिलेसम्म हुने हो अनुमान नि छैन । अत्ति विपन्न, दलित, बिरामी, बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किशोरीहरु बढी जोखिमपूर्ण देखिन्छ ।

अहिले नेपाल सरकार, गृह मन्त्रालय, पोषणसंग आबद्ध, संघ संस्थाहरू एकजुट भएर भोकमरिमा परेकालाई आ-आफ्नो तवरले परिमार्जन गर्नु नितान्त आवश्यकता देखिन्छन् । राष्ट्रिय योजना आयोग अनुसार अझै गरिबी एक प्रतिशत विन्दुले  बढ्ने अनुमान गरेको  छ । पहिला १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो भने १ प्रतिशत बढ्नु भनेको त २१ हजार २ सय ५४ जना नेपालीहरु गरिबीको रेखामुनि धकेल्नु हो । अहिलेको अवस्थाबाट माथि उकास्न नेपाल सरकार र विभिन्न संघ निकायले आफ्नो तवरबाट सहयोग पुर्याउने गर्नु पर्न देखिन्छन् । हाम्रो खाद्य सुरक्षा मन्त्री यमुना घलेले कृषिमा बढी जोड दिए गरिबीबाट नियन्त्रण पाउन सक्ने बताउनु भयाे । अहिले प्रदेश नम्बर २ र ६ बढी गरिबी, भोकमरीको उच्च जोखिमपूर्ण अवस्थामा रहेको छ । प्रदेश नम्बर २ सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । यहाँ कुपोषणको उच्च दर रहेको छ । अहिले पनि १४.१ प्रतिशत बालबालिकाहरु मात्र स्कुल जान पाएका छन् ।

लेखक

फेरी यहाँ मृत्युदर पनि उच्च छन् । दाइजो प्रथा, बालविवाह, बोक्सी प्रथा, धनी र गारिबीको असमानता पनि धेरै नै छ । प्रधानमन्त्रीको संकल्प ”समृद्ध नेपाल आत्मसम्मान र कोही भोक भोकै नबस्ने” अभिव्यक्ति जस्ता कुरा आज सपनामा पनि पूरा भएको छैन । कोरोनाको कहरले आज मृत्यु भन्दा भोकसंग लड्नलाई फेरी नेपाली दाजुभाइ, दिदीबहिनीहरु विदेशिने गरेको तथ्यांक प्रकाशित भइरहेकाे छ । सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक अनुसार गत फागुनमा सुदूरपश्चिममा विभिन्न नाका भएर साढे २ लाख भन्दा बढी नेपाली भारतबाट स्वदेश  फर्किएका थिए । चार महिना गाउँमा बस्दा पेट पाल्न गार्हो भएपछि फेरि भारत तिर फर्किनु पर्ने बाध्यात्मक परिस्तिथि आएको छ। दुई सातायता भारत फर्किनेहरुको ताँती लाग्न थालेको छ । त्रिनगर  नाकाबाट १३ सय नेपाली भारत तिर लागेका छन् । नेपालीहरु भन्छन् नेपालमा बसेर के खाने, मरे उतै मरौला, न यता काम छ, न रोजगार नै । कसरी जोबिकोपार्जन गर्नै त । त्यसैले अहिले कोरोनाको कारणले कुपोषण बढाएको छ ।

कुपोषण

अहिले कोरोनाको महामारी ले धेरै कुपोषण बढेको छ। यस्तो बेला घर बाहिर गएर काम गर्न पाइएको छैन र एक छाक टार्न पनि धौं धौं परेको छ । जसले गर्दा शारिरीक दुर्बल्ता, कमजोरी, आदि हुने भएकोले कुपोषणको शिकार भएको छ। कम पोषण(अण्डर न्युटिशन ) लामो समयसम्म आफ्नो उमेर अनुसार तौल कम भएमा न्युन पोषक तत्वको कमी भएको हो । यो खासगरी बाल बालिकामा उमेर अनुसार कम तौल ख्याउटे, उचाई अनुसार तौल कम भए पुड्को आदि पाेशिलो खानेकुरा को कमीले हुने हो । यसमा उच्च क्यालोरी, प्रोटिन, जस्तो पोषक तत्वको कमीले विभिन्न रोग जस्तो क्वसिवर्कर, मरास्मस्, आदि लाग्ने गर्दछन् । यसमा पाेषिलो खानेकुरा जस्तै अन्न, दाल, दूध, दलहन्, दहि, मोहि, अण्डा, भटमास, केराऊ।

बढी पोषक तत्व ( मोटोपना)

अहिले कोरोनाले गर्दा घरमा बसेपछि तौल बढनु स्वाभाविक नै हो । निष्कृया जीवनशैली, शारिरिक ब्यायम्, कामहरु नभएको खण्डमा तौल बढ्ने गरेको पाइएको छ । घरमा  बसी बसाई मोबाइल, ल्यापटप, टेलिभिजन, आदिको अत्याधिक प्रयोगले पनि मोटोपनाको उच्च जोखिम बढेको छ। उचाइ अनुसार बढी तौल भएमा बढी मास इनडेक्सबाट मापन गरिन्छ । जस्तो तौल केजीमा र उचाइ मिटरमा रूपान्तरित गरेर मापन गर्न सकिन्छ । मोटोपाना पनि कूपोषण नै हो । जसले विभिन्न नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मृगौला, थाइरोइड,  क्यान्सर, आदिको समस्या हुने गर्दछन् । यसका साथै कोरोनाको विभिन्न समाचारले पनि नकारात्मक सोचाइ अलि बढी नै भएको अनुसन्धानले देखाएको छ ।

सुक्षम पोषक तत्वको कमी

हाम्रो खानामा  खनिज तत्व, लौह तत्व, भिटामिन थोरै चाहिने भएँ तापनि, यसको कमी धेरैमा देखिएको छ । किशोरीहरुमा रक्ताल्पत्ता,  आयोडिनको कमीले गलगाठ, आदिको कमी भएको पाइन्छ। साथै, शारिरीक, मानसिक, बौद्धिक विकासमा कमी आउने गर्छ । जिन्क, फोलिक एसिडको कमिले गर्दा गर्भपतन हुने, भिटामिन डी, ले अशटिओपोरोसिस, हाड खिइने, भाचिने, अपांगता, हुने, रतन्धो, आदि हुने, सम्भावना हुन्छ । यसको स्रोतहरुमा दूध , दहि, मोहि, दाल , क्वाटी, गेडागूडी, मस्यौँरा, हरियो, सागपात, तरकारी, फलफूल, तिल, आलस्, ओखर्, बदाम्, सोयाबिन्, टोफु, आदिको प्रयोग गर्नुपर्छ ।

केही ऊपयोगी सुझावहरु

 

नियमित शारिरीक व्यायाम्, स्वस्थकर खानेकुरा खाने, सकरात्मक बिचार राख्ने, मोबाइलबाट अलि टाढा बस्ने , परिवारमा रमाइलो गर्ने, अर्गानिक तरकारी, फलफूल आदिको प्रयोग गर्ने, नियमित रूपमा सुत्ने उठने, आदि गरौं ।

(लेखक पोषण विशेषज्ञ हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.