मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न, डिशहोमबाटै हेर्न सकिने

  २०७७ भदौ १९ गते १७:३९     विकासन्युज

धनुषा । डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ ।

१७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक संतोष लाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा औरहि गाँउपालिकाको वडा नं. २ स्थित देउरि परबाहामा सामाजिक दुरी कायम गरि उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाइएको थियो । त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मंडलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहि आएको र सदैब यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त  गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गरेका छन् ।

मैथिली टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.