विश्वका एक करोड ८२ लाखभन्दा बढी सङ्क्रमितले जिते काेराेना

  २०७७ भदौ १७ गते १८:४८     विकासन्युज

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ ।

हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार ४३१ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ५ हजार जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरस मुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.