लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

  २०७७ भदौ १७ गते १५:०८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण  लिएका छन् ।

नेपाल २०७५ फागुनदेखि  साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् ।

नागरिक लगानी काेष लक्ष्मी बैंककाे प्रवर्धक सेयरधनी हाे । काेषकाे लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेकाे छ ।

मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.