क्रिकेट खेलाडीको तलब आयाे, कसले कति पाउँछन् ?

  २०७७ भदौ १६ गते १७:१४     विकासन्युज

काठमाडाैं । क्रिकेट खेलाडीकाे तलब आइपुगेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएकाे हाे ।

आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानले बताएकाे छ ।
यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो । नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो ।

यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरुको तलब १० हजारले बढेर आएकाे छ । खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ। जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.