सुनको मूल्य ९ सय रूपैयाँले बढ्याे, प्रतिताेला कति ?

  २०७७ भदौ १६ गते ११:३३     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ । सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला ९८ हजार ४ सय रूपैयाँ पुगेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेका नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अघिल्लो दिन अर्थात सोमबार १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.