रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु   

  २०७७ भदौ १३ गते २०:२६     विकासन्युज

ताइयुआन/उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो ।

भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात व्यक्ति गम्भीर घाइते भएका छन् भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा सम्लग्न स्थानीयले बताएका छन् ।

भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.