रिङरोडदेखि न्यूरोडसम्मः निषेधाज्ञामा यस्तो देखियो काठमाडौंको बजार र चहलपहल

  २०७७ भदौ ९ गते १५:५३     विकासन्युज

काठमाडौं । स्थानीय प्रशासनको निर्णयको आधारमा काठमाडौं उपत्यकामा लगाइएको एक हप्ते निषेधाज्ञा भोलि (भदौ १०) गते सकिदैछ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) मा निषेधाज्ञा लगाइएको हो ।

स्थानीय तहसँगको समन्वयमा लगाइएको निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधारणको आवात जावत रोकिएको छ । पसल, व्यापारिक प्रतिष्ठान, उद्योग तथा प्रायः सबै प्रकारका व्यवसाय बन्द छन् । यद्यपि सरकारले अत्यावश्यक सेवा संचालन गर्न भने दिएको छ ।

यही निषेधाज्ञाको बीचमा नेपालकै सबैभन्दा बढी सर्वसाधारण बस्ने भनिएको काठमाडौं उपत्यकाको मुख्य शहर तथा व्यापारिक केन्द्रमा के कस्तो चहलपहल छ ? सर्वसाधारणको गतिविधि कस्तो छ भन्ने सन्दर्भमा हामीले केही फोटो खिचेका छौं ।

हामीले काठमाडौंको चक्रपथ (रिङरोड) अन्तरगत पर्ने बालकुमारी, सातदोबाटो हुदै एकान्तकुनासम्म तथा जावलाखेल, पुल्चोक, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, सुन्धारा, न्यूरोड, भोटाहिटी, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली तथा थापाथली जस्ता क्षेत्रमा तस्वीर खिचेका थियौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.