पुर्नबीमा कम्पनीमा रमेश लम्साल नियुक्त

  २०७७ भदौ ४ गते १६:०५     विकासन्युज

 

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई बोर्डमा नियुक्त गरेको स्रोतले बतायो ।

लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा बढी जीवन बीमा क्षेत्रमा सक्रिय लम्साल बीमा एशोसिएटसिप डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् ।

लम्सालको नियुक्तीसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सरकारी प्रतिनिधि कोटा सकिएको छ । यसअघि मन्त्रालयले रमेश रानालाई सञ्चालकमा पुर्ननियुक्ती गरेकाे छ भने अर्थ मन्त्रालयकै सहसचिव यमलाल भुसाल सञ्चालक समितिमा छन् ।

पुर्नबीमा कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ताको हैसियतले अर्थमन्त्रालयले अध्यक्ष पनि आफै तोक्दै आएको थियाे । तर हाल भने भुसाललाई काम चलाउ अध्यक्षको जिम्मेवारी मात्र तोकिएको अर्थमन्त्रालय स्रोतले बतायो । कम्पनी ऐन अनुसार सञ्चालक समितिले अध्यक्ष चयन गर्नु पर्नेहुन्छ ।

One comment on "पुर्नबीमा कम्पनीमा रमेश लम्साल नियुक्त"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.