कोभिड-१९ खाेप: संसारभर १ सय ६५ अनुसन्धानको क्रममा, ८ वटा परीक्षणकाे अन्तिम चरणमा

  २०७७ साउन ३२ गते १६:२४     विकासन्युज

काठमाडौं । रसियन राष्ट्रपति भ्लाडिमिर पुटिनले गत मंगलबार (अगस्ट ११ मा) रसियामा बनाइएको कोभिड १९ को खोपले मान्यता पाएको बताए ।

यस खोपलाई ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएको हो । जुन १ गते यसले फेज १ परीक्षणको लागि प्रवेश गरेको थियो । यो दुईवटा एडिनोभाईरस (एडि ५ र एडि २६) मिश्रण हो, जसलाई कोरोना भाईरसको जिनसँग मिलाइएको बताइएको छ ।

तर यस खोप पुटिनले भनेको जस्तो विश्वसनीय नभएको अन्तराष्ट्रिय संचारमाध्यमको भनाइ छ । यस खोपले फेज ३ को परीक्षण पनि सुरु नगरी राष्ट्रपति पुटिनले यसलाई मान्यत दिएको पाइएको हो ।

कुनै पनि खोपले फेज ३ को परीक्षण पुरा गरिसकेपछि मात्र खोपको प्रयोग सार्वजनिक रुपमा गर्न पाउने नियम छ ।

खोप परीक्षण प्रक्रिया

कुनै पनि खोप प्रयोगमा आउनुभन्दा पहिला यसले धेरै परीक्षण तह पार गर्नुेपर्ने हुन्छ । यस परीक्षण मापदण्डलाई पुरा गरेको अवस्थामा मात्र उक्त खोप आममानिसहरुमा प्रयोगको लागि लैजान पाउने सकिन्छ ।

१. प्रिकिल्निकल टेष्टिङ

वैज्ञानिकहरुले सुरुमा जनावर जस्तै मुसा, बाँदरहरुमा यस्तो खोपको प्रयोग गरेर यसले शरीरमा प्रतिरोधात्मक प्रतिकृया देखाउँछ कि देखाउँदैन भनेर हेर्दछन् ।

२. फेज १ सेफ्टी ट्रायल (पहिलो चरणको सुरक्षा परीक्षण)

पहिलो चरणमा सफल नतिजा प्राप्तभएपछि यस फेजमा वैज्ञानिकहरुले खोपलाई थोरै व्यक्तिहरुमा जाँच गरेर यो कतिको सुरक्षित छ र यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ कि बढाउँदैन भनेर हेर्दछन् ।

३. फेज २ ऐक्सपाण्डेड ट्रायल (दोस्रो चरणको विस्तारित परीक्षणहरु)

यस फेजमा वैज्ञानिकहरुले विभिन्न उमेर समुह जस्तै बच्चा, युवा र व्यस्कहरुलाई विभाजित गरी सयौंको संख्यामा खोपको प्रयोग गर्दछन् । र, यसले उनीहरुमा केही फरक खालको प्रतिकृया दिन्छ कि भनेर जाँच गर्दछन् । यस परीक्षणले खोपको क्षमताको साथसाथै यो कति सुरक्षित छ भन्ने पुष्टि गर्दछ ।

४. फेज ३ ईफिसेसी ट्रयाल (तेस्रो चरणको प्रभावकारित परीक्षण)

यस फेजमा वैज्ञानिकहरुले हजारौं मानिसहरुमा यस खोपको परीक्षण गर्दछन् । यसमा उनीहरुले उक्त खोप लगाएका मानिस र त्यस खोपले नकारात्मक असर नगर्ने औषधी दिएका स्वंयसेवकहरुलाई दाँज्दछन् । यस परीक्षणले उक्त खोपले कोरोनाभाईरसबाट बचाउँछ कि बचाउँदैन भन्ने पुष्टि गर्दछ । यस्तै विश्व खाद्य तथा औषधी संघ (एफडिए) का अनुसार उक्त खोपले कम्तिमा पनि ५० प्रतिशत व्यक्तिमा काम गरे मात्र त्यसले मान्यत पाउँदछ ।

५. स्वीकृति

प्रत्येक देशका नियामकहरुले खोप परीक्षण नतिजा समीक्षा गरी मान्यत दिने कि नदिने भनेर निर्णय गर्दछन् । महामारीको समयमा खोपहरुले औपचारिक स्वीकृति प्राप्त गर्नुभन्दा अगाडि आपतकालिन प्रयोगको लागि मान्यता पनि गर्न प्राप्त सक्दछन् ।

यद्यपि, एकपटक खोपले मान्यत पाएपछि पनि वैज्ञानिकहरुले उक्त खोप परीक्षणमा संलग्न व्यक्तिहरुलाई केही हुन्छ कि भनेर निगरानीमा राखिरहेका हुन्छन् ।

६. कम्बाईन्ड फेज

यो कुनै पनि खोपको परीक्षणलाई चाँडोभन्दा चाँडो प्रयोगमा ल्याउनको लागि गरिन्छ । यस अन्तर्गत खोप फेज १ र फेज २ को परीक्षण एकैपटक गरिन्छ ।

कोरोनाको लागि संसारभर कति खोप तयार हुँदैछन् ?

हाल कोरोनाको लागि संसारभर कोरोनाविरुद्ध १ सय ६५ भन्दा बढि खोपहरुको अनुसन्धान भइरहेको छ । त्यसमा ३१ खोपहरु मानिसमा परीक्षणको क्रममा रहेका छन् । सामान्यतः एउटा खोप निर्माण हुन वर्षौं लाग्दछ । तर हाल वैज्ञानिकहरु अर्को वर्षसम्म कोरोना विरुद्धको खोप बनाउने दौडमा लागेका छन् ।

हाल फेज ३ अर्थात अन्तिम चरणको परीक्षणमा संसारका ८ खोपहरु रहेका छन् । यी खोपहरुको नतिजा यस वर्षको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ ।

फेज ३ परीक्षणमा रहेका खोपहरु र त्यसलाई उत्पादन गर्ने कम्पनीहरु

१. मोडर्नो

मोडर्नोले शरीरमा भाईरल प्रोटिन उत्पादन गर्ने उदेश्यको साथ आरएनएमा आधारित खोप बनाएको हो । नेसनल ईन्स्टिच्युट अफ हेल्थसँगको सहकार्यमा उनीहरुले उक्त खोपले बाँदरहरुलाई कोरोनाभाईरसबाट बचाएको पत्ता लगाएका हुन् ।

गत मार्चमा फेज १ अन्तर्गत उनीहरुले उक्त खोप मानिसमा परीक्षण गरेका थिए, जसले आशालाग्दो नतिजा दिएको थियो । त्यसपछि गएर उनीहरुले खोप परीक्षणको फेज २ पनि पार गरे र जुलाई २७ मा तेस्रो फेज ३ परीक्षणको लागि काम सुरु गरे । उक्त अन्तिम परीक्षणमा अमेरिकाको विभिन्न ८९ ठाउँबाट उनीहरुले ३० हजार स्वस्थ मानिसहरु सहभागी हुनेछन् ।

यस अन्तिम परीक्षणको नतिजा नोभेम्बर अन्त्यसम्मा आउने अपेक्षा गरिएको छ ।

२. बायोन्टेक (एमआरएनए)

जर्मन कम्पनी बायोन्टेकले न्युवर्केमा आधारित प्रख्यात बायोफार्मास्युटिकल कम्पनी फाईजर तथा चिनियाँ औषधी कम्पनी फोसानसँगको सहकार्यमा एमआरएनए खोप बनाउन जुटेको छ । उनीहरुले गत जुलाईमा आफ्नो फेज १ र फेज २ को परीक्षण गराएका थिए ।

उनीहरुको परीक्षण सहभागीहरुको शरीरे सार्स–कोभिड २ विरुद्ध एन्टिबडी उत्पादनका साथै टी सेलहरु पनि पाएका थिए ।

परीक्षणमा सहभागी केही व्यक्तिहरुले भनेअनुसार सुत्न समस्य हुनुको साथै हातहरु सुन्निएको जस्तो सामान्य असर भएको पाइएको थियो ।

यस्तै गएको २७ जुलाईमा उनीहरुले अमेरिकालगायत ब्राजिल, अर्जेन्टिजना र जर्मनीका ३० हजार व्यक्तिमा आफ्नो फेज २ र फेज ३ को परीक्षण गर्ने घोषण गरेका थिए ।

यदि यो फेजहरु पार गरी यस खोपले मान्यता पाए यो यस वर्षको अन्त्यसम्मा बनिसक्ने बताइएको छ ।

३. क्यान्सिनाबायो (एडिफाईभ)

चिनियाँ कम्पनी क्यान्सिनोबायोले एडिफाईभ नामक एडिना ेभाईरसमा आधरित खोप बनाएको छ । ऐकेडेमी अफ मिलिटेरी मेडिकल साईन्ससँगको सहकार्यमा क्यान्सिनाबायोले यो खोप बनाएको हो । गत मेमा उनीहरुले आफ्नो फेज १ ट्रायलको नतिजा प्रकाशित गरेको थिए, जुज सकारात्मक थियो ।

यस्तै कम्पनीले जुलाईमा फेज २ को नतिजा सार्वजनिक गरेका थिए, जसमा उक्त खोपले शरीरमा बलियो प्रतिरक्षा क्षमता उत्पादन गरेको थियो । जुन २५ मा चिनियाँ सेनाले यस खोपलाई एक वर्षको लागि विशेष खोपको रुपमा घोषण गरिसकेको छ । यद्यपि, क्यान्सिनोले भने यस खोप सैनिकहरुको लागि अनिवार्य छ कि छैन भनेर भनेको छैन ।

त्यस्तै, अगस्ट ९ गते साउदीका स्वास्थ्यमन्त्रीले यस खोपलाई साउदी अरबियामा फेज ३ को परीक्षण गर्ने बताए र त्यससँगै हाल यस खोप विभिन्न देशहरुसँग परीक्षणको लागि काम अगािड बढाइरहेको छ ।

४. एस्ट्राजेनिका (च्याडक्सवान)

ब्रिटिस–स्विडिस कम्पनी एस्ट्राजेनिका र अक्स्फोर्ड विश्वविद्यालयद्धारा बनाइएको खोप चिम्पान्जीको एड्रिनोभाईरसमा आधारित छ । यसलाई उनीहरुले च्याडक्सवान नाम दिएका छन् । बाँदरहरुलाई यस खोपले सुरक्षा दिएको उनीहरुको अध्ययनले देखाएको थियो । उनीहरुको फेज १ र फेज २ को परीक्षणले यस भ्याक्सिन सुरक्षित रहेको देखाएको थियो । यस खोपले शरीरमा एन्टिबडीको मात्र बढाउनुको साथै शरीरको प्रतिरोधात्मक क्षमता पनि बढाएको देखाएको थियो ।

यस खोपले बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षणको लागि प्रवेश गरिसकेको छ । यसका साथै ब्राजिल र उत्तर अफ्रिकामा पनि तेस्रो चरणको परीक्षण सुरु गरिसकिएको छ ।

एस्ट्राजेनिकाको अनुसार यदि यस भ्याक्सिनले मान्यत पाए उनीहरुसँग २ बिलियन डोज बनाउन सक्ने क्षमता रहेको छ । भारतको सिरम ईन्टिच्युटले भने परीक्षणको लागि यस खोपको लाखौं डोज बनाइसकेको छ ।

५. वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्

वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले एक निस्कृय भाईरसको खोप विकसित गरेको छ, जसलाई चिनियाँ कम्पनी सिनाफार्माले किल्निकल ट्रायलमा राखेको थियो । गत जुलाईमा यस खोपले युएईमा फेज ३ को परीक्षण सुरु गरेको थियो र सिनाफार्माले अध्यक्षले यस वर्षको अन्त्यसम्ममा यो खोप सार्वजनिक प्रयोगको लागि तयार हुने बताएका छन् ।

६. सिनोफार्मा

सिनोफार्माले बेईजिङ ईन्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्सँग उत्पादन गरेको निस्कृय भाईरसको परीक्षण गरिरहेको छ । यस खोपको फेज ३ परीक्षणमा युएईका ५ हजार र बेईजिङका ५ हजार व्यक्ति सहभागी हुँदैछन् ।

७. सिनोभ्याक

चिनियाँ निजी कम्पनी सिनोभ्याक बायोटेक पनि कोरोनाभ्याक नामक एक निस्कृय खोपको परीक्षण गरिरहेको छ । गत जुनमा कम्पनीले ७ सय ४३ व्यक्तिमा फेज १ र २ को परीक्षण गरेको थियो । सो परीक्षणमा मानिसहरुको शरीरमा यसले प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको थियो र यसले मानिसको स्वास्थ्यमा खासै नकरात्मक असर पनि गरेको थिएन ।

त्यसपश्चात सिनोभ्याकले गत जुलाईमा ब्राजिलमा फेज ३ को परीक्षण सुरु गरी त्यसकै अर्को महिना इन्डोनेसियामा पनि सुरु गरिसकेको छ ।

८. मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युट

१९ औं शताब्दीमा क्षयरोगसँग लड्नको लागि ब्यासिलस क्यालमेट ग्युरिन खोप बनाइएको थियो । यसैमा आधारित खोप बनाएर अष्ट्रेलियाको मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युटले फेज ३ को परीक्षण गर्ने भएको छ ।

प्रयोगमा आएका खोप

केही खोपहरु तयार भएर मानिसमा प्रयोगमा समेत आइसकेका छन् । यसरी प्रयोगमा आएका खोपहरुमा क्यन्सिनोको एडिफाईभ र रसियाको ‘स्पटनिक ५’ हुन् ।

गत वर्षको डिसेम्बर महिनादेखि मानिसमा संक्रमण पुष्टी भएको कोभिड १९ का कारण संसारभरका २ करोड १४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने कोभिड १९ कै कारण संसारभरका ७ लाख ७१ हजारभन्दा बढी ज्यान गुमाइसकेका छन् ।
(अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.