ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

  २०७७ साउन ३२ गते १४:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले भोलि (भदौ १ गते) देखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भोलिदेखि पदबहाल गरी आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् ।

उनलाई गत साउन ३० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा सेवा गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जर पछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको रुपमा नेतृत्व गरिसकेका छन् ।

२०७६ मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।

सम्बन्धित समाचारः

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.